गंगालाल माध्यमिक विद्यालय

एक परिचय

स्थापना

यस विद्यालयको स्थापना वि.सं. २०३१ सालमा भएको हो। तत्कालीन चापाकोट मिडिल स्कुल (स्थापना २०२३) र श्री जीवनोदय प्राथमिक विद्यालय (स्थापना २०२५) एकीकरण भई यसको स्वरूप तयार भएको थियो।

नामाकरण

सहिद गंगालाल श्रेष्ठको नाममा नामाकरण गरिएको यस विद्यालयको स्थापनामा तत्कालीन सुन्तलीटार गाउँ पञ्चायतका प्रधानपञ्च रामभक्त भण्डारीको महत्वपूर्ण योगदान रहेको छ।

नेतृत्व

विद्यालयका प्रथम प्रधानाध्यापक कृष्णप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो भने हाल गोपाल प्रसाद रेग्मीले प्रधानाध्यापकको रूपमा नेतृत्व सम्हाल्दै आउनुभएको छ।

उपलब्धि

यस विद्यालयबाट शिक्षा आर्जन गरेका विद्यार्थीहरूले विद्यावारिधि (PhD) गर्नुका साथै नेपाल सरकारको सचिव, चिकित्सक, इन्जिनियर र चार्टर एकाउन्टेन्ट जस्ता उच्च ओहोदामा पुगेर विद्यालयको गरिमा बढाएका छन्।

भौतिक अवस्था

हाल यस विद्यालयमा कक्षा १२ सम्म ६३० जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयको स्वामित्वमा १८९ रोपनी जग्गा र ७ वटा भवनहरू रहेका छन्।

गंगालाल मा.वि. पूर्व विद्यार्थी मञ्च

पृष्ठभूमि र स्थापनाको उद्देश्य

विद्यालयका सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई एउटै सूत्रमा बाँधी संगठित गर्ने अभिप्रायले वि.सं. २०८१ मंसिर १५ गते 'गंगालाल मा.वि. पूर्व विद्यार्थी मञ्च' को गठन गरिएको हो।

मञ्चका मुख्य उद्देश्यहरू

  • सबै पूर्व विद्यार्थीहरूका बीचमा चिनजान र भ्रातृत्व कायम गर्ने।
  • चापाकोट क्षेत्रको सामाजिक हितका कार्यहरूमा सक्रिय सहभागिता जनाउने।
  • पूर्व विद्यार्थी मञ्चमार्फत आफ्नो मातृ संस्था (विद्यालय) को सर्वाङ्गीण विकासमा सहयोग पुर्‍याउने।
  • सम्पूर्ण विद्यार्थीहरूलाई एउटै छातामुनि संगठित गरी एक 'कल्याणकारी कोष' स्थापना गर्ने।
  • पूर्व विद्यार्थीहरूका लागि कल्याणकारी योजनाहरू ल्याउने र आवश्यक परेको खण्डमा सहयोग प्रदान गर्ने।

मञ्चद्वारा सम्पादित मुख्य कार्यहरू

  1. संस्था दर्ता: चापाकोट नगरपालिकामा 'गंगालाल मा.वि. पूर्व विद्यार्थी मञ्च' नामक संस्था विधिवत रूपमा दर्ता गरिएको।
  2. सदस्यता वितरण: विद्यालयका पूर्व विद्यार्थीहरूलाई संगठित गर्ने उद्देश्यले सदस्यता वितरण अभियान सञ्चालन गरिएको।
  3. भौतिक निर्माण: विद्यालय प्राङ्गणभित्र विद्यार्थी र अभिभावकहरूको सुविधाका लागि एक 'अभिभावक प्रतिक्षालय' निर्माण गरिएको।
  4. अधिवेशन र कार्यसमिति: वि.सं. २०८२ को बडादसैँको महाअष्टमीका दिन अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरिएको।
  5. प्रशिक्षण तथा सम्मान: विद्यार्थी र अभिभावकहरूका लागि उत्प्रेरणात्मक गोष्ठी सञ्चालन गरिएको। साथै, निस्वार्थ भावले समाजसेवा गर्ने व्यक्तिहरू, पूर्व शिक्षक, उत्कृष्ट शिक्षक र जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको।
  6. अतिरिक्त क्रियाकलाप: विद्यालय स्तरीय हाजिरीजवाफ र नृत्य प्रतियोगिता सञ्चालन गरिएको। साथै, राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा बृहत् सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको।

कार्यसमिति

समितिका सदस्यहरू ।

  • R

    Ramu Basyal

    अध्यक्ष

  • P

    Purna Chandra Bhusal

    उपाध्यक्ष

  • M

    Mukund Prasad Dotel

    सचिव

  • S

    Sabita Devkota

    कोषाध्यक्ष

  • H

    Hari Prasad Bhattarai

    सह सचिव

  • M

    Meghnath Chapagain

    सदस्य

  • H

    Harishchandra Bishwakarma

    सदस्य

  • D

    Dipendra Regmi

    सदस्य

  • T

    Tikaram Bhattarai

    सदस्य

  • R

    Ramchandra Bhattarai

    सल्लाहकार

  • T

    Til Prasad Shrestha

    सल्लाहकार

  • T

    Tharka Sen

    सल्लाहकार

  • D

    Dr. Samundra Acharya

    सल्लाहकार

  • B

    Bhojan Aryal

    सल्लाहकार